फेसबुक मेसेन्जरमा आउने मेसेजले प्रयाेगकर्तामा तनाव

निरन्तर न्यूज
४ श्रावण २०७६, शनिबार १५:५८

हेटौँडा । फेसबुक मेसेन्जरमा आएको अरे ! के त्यो भिडियो तपाँइको हो ? भन्ने मेसेजले फेसबुक प्रयोगकर्तालाई हैरानी बनाएकोछ ।
यसरी हैरानी भएको र आफुले कुनै पनि भिडियो मेकेन्जरमा नपठाएको भन्दै स्टाटस पोष्ट समेत गरिरहेका छन् ।

यसलाई खोल्दा ह्याकरहरुले सबै डाटाबेस कलेक्सन गरेर पछि फेसबुकमा नै समस्या आउने गरेको प्रविधिमा जानकार भानुभक्त थपलियाको भनाइ रहेको छ ।

एक जना प्राध्यापकले यो सबै स्पाम हो मैले कसैलाई पनि भिडियो पठाएको छैन भनेर स्टाटस पोष्ट गर्नुभएको छ । त्यस्तै एक सन्चारकर्मीले पनि मेरो प्रोफाइल फोटो सहितको भिडियो देखा परे कसैले नखोल्नुस त्यो भाइरस हो भनेर सवैलाई अलर्ट गरिरहनु भएको छ ।

अर्का सूचना प्रविधिमा जानकार पवन प्रधानले फेसबुक मेसेन्जरमा अहिले आइरहेको भिडियो भाइरस हो, स्पाइबर हो, त्यो लिंक अथवा भिडियो खोल्ने क्रममा फेसबुक आइडी र पासवर्ड मागेर फेसबुक ह्याक गर्छ । आफ्नो अनुकुलतामा प्रयोग गर्छन् त्यसैले त्यस्तो मेसेजलाई नखोली लुकाउँने र हटाउने गर्नु नै फेसबुक सुरक्षित हुने प्रधानले बताए ।

यदि तपाँइलाई जस जसको नामबाट आएको भएपनि ति व्यक्तिहरुले तपाँइलाई ति व्यक्तिहरुले पठाएका होइनन् र उस्तै गरि तपाँइको नामबाट पनि अन्यलाई उस्तै मेसेज गइरहेको पनि तपाँइले पठाउनु भएको पनि होइन भनेर जानकारहरुले बताएका छन् ।

फेसबुक प्रयोगकर्ताहरुले फेसबुक चलाउने क्रममा त्यस्ता सन्देश आएमा नखोल्न अनुरोध गरिएको छ । गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*