भेहिकल ट्रयाकिङ सिस्टम स्थगन गर्न सरकारसँग माग

निरन्तर न्यूज
३ श्रावण २०७६, शुक्रबार १४:१२

काठमाडौं । भेहिकल ट्रयाकिङ सिस्टम तत्काल लागू गर्ने निर्णय फिर्ता लिन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आग्रह गरेको छ । नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गरेको भेहिकल ट्रयाकिङ सिस्टम स्थगन गर्न सरकारसँग माग गरेको छ ।

आफुहरुले एक वर्षका लागी परीक्षणको रुपमा लागु गर्नु पर्ने माग गर्दा सरकारले बेवास्ता गरेर १ गतेदेखि नै लागू गरिएकोप्रति आपत्ति जनाएको हो । महासंघका अध्यक्ष नरेश कटुवालले हिजोदेखि घोषणा गरिएको सिस्टमका विरुद्ध सडकमै उत्रने तयारी भइरहेको बताउनुभएको छ ।

महासंघको आज बस्ने बैठकले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने महासंघ अध्यक्ष कटुवालले बताउनुभयो । तत्कालै लागू गर्दा साना व्यवसायीहरु समस्यामा पर्ने भन्दै महासंघले तत्कालै यस्तो लागू नगर्न आग्रह गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*