मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाईपलाईनको सफल परिक्षण

निरन्तर न्यूज
३ श्रावण २०७६, शुक्रबार १२:०४

३ साउन, अमलेखगन्ज । । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मा निर्माण गरिएको पाइपलाईनमा पेट्रोलियम पदार्थ आजबाट आउन थालेकाे छ ।

राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाईपलाईनको सफल परिक्षणको भएकाे छ ।

बुधबार भारतको पटना र मोतिहारीबाट छोडिएको १ हजार केल डिजेल आज बिहान ६ बजे अमलेखगन्जको डिपोमा आईपुगेको छ । पाईपलाईनबाट अमलेखगञ्ज सम्म डिजेल आईपुग्दा प्रतिलिटर २रुपैया ५० पैसा बचत भएको  स्थलगत रिपाेर्टिङमा पुगेका सन्चारकर्मी  पुष्पराज अधिकारीले बताए । ।

चार अर्ब रुपैयाँ लगानीमा निर्माण भएको उक्त पाइपलाईनमा बुधबार परीक्षणको रुपमा डिजेल पठाइएको हो।

उद्घाटन भएपछि अमलेखगञ्जमा ४ वटा ट्यांकीमा डिजल जम्मा गरिने  र अमलेखगञ्जमा २ वटा ट्यांकी ३९ लाख किलोलिटर र २ वटा ट्यांकी ४१ लाख किलोलिटर क्षमताका रहेकाे नेपाल आयल निगम अमलेखगन्ज डिपाेले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*