विद्यार्थीसँग सेल्फि खिचेपछि मात्र शिक्षककाे हाजिरी हुने

निरन्तर न्यूज
२ श्रावण २०७६, बिहीबार ११:१४

साउन २, काठमाडौं । सामान्यतया स्कुल कलेजमा गएको जानकारीका लागि हाजिरी गर्ने चलन चल्दै आइरहेको छ । तर एक विद्यालयले भने विद्यालय गएको देखाउनको लागि एक अनौठो तरिका अपनाएको छ ।

अचेल मोबाइलबाट सेल्फी लिनु फेसन बनेको छ । मानवीय संवदेनशीलता भुलेर जहाँ पनि सेल्फी लिने प्रवृत्ति बढेको छ । युवाहरुमा त यसको क्रेजले ज्यानै लिएका घटना पनि छन् । सेल्फीको दुरुपयोग बढिरहेका बेला भारतमा भने विद्यालयमा उपस्थित भएको प्रमाण सेल्फीबाट दिनुपर्ने व्यवस्था गरिएको छ ।

उत्तर प्रदेशको बाराबङ्की जिल्लास्थित प्राथमिक विद्यालयका शिक्षक शिक्षिकाको हाजिरी लिने नयाँ तरिका खोजिएको हो ।

शिक्षक शिक्षिकालाई बिहान ८ बजे विद्यालयमा पुग्न भनिएको छ । ८ बजेभित्र विद्यालय पुगेर मात्रै हुन्‍न, उनीहरुले त्यहाँका कर्मचारी र छात्र छात्रासँग सेल्फी लिनुपर्ने नियम बनाइएको छ । त्यसपछि उक्त सेल्फी आधारभूत शिक्षा विभागको ह्वाट्सएप ग्रुपमा पठाउनुपर्नेछ । त्यसपछि मात्र पढाई र अन्य काम सुरु गर्न पाइन्छ ।

उक्त व्यवस्थाको पालना नगरी अनुपस्थित हुने शिक्षक शिक्षिकाको एक दिनको तलब काटिनेछ । जिल्लाका आधारभूत शिक्षा अधिकारी बिपी सिंहले बीबीसीलाई बताए अनुसार धेरै शिक्षक शिक्षिका समयभित्रै विद्यालय नपुगी विदामा बस्‍ने गरेको गुनासो बढेपछि गत वैशाखमा नयाँ शैक्षिक सत्र सुरु भएदेखि यो कदम उठाइएको हो । बाराबंकीमा सरकारी प्राथमिक र निम्न माध्यमिक विद्यालयमा झण्डै साढे ७ हजार शिक्षक शिक्षिका छन् ।

ती सबैका लागि सेल्फीवाला नयाँ नियम लागू गरिएको छ । यो नयाँ व्यवस्थालाई ‘सेल्फी एटेन्डेन्स मिटर’ नाम दिइएको छ । धेरैजसो अध्यापकहरुले यो व्यवस्थालाई उचित भनेका छन् । केहीले यसप्रति आपत्तिसमेत जनाएको बिबिसीले जनाएको छ । नियम कति प्रभावकारी बंकीको कन्या जुनियर स्कुलकी प्रधानाध्यापक सुशीला शर्मा यस नियमको समर्थन गर्छिन । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु