टेलिकमले स्थानीय टेलिफोन र पोस्टपेड मोबाइलको शुल्क घटायो

साउन २, काठमाडौं । नेपाल टेलिकमले स्थानीय टेलिफोन (पीएसटीएन)तथा पोस्टपेड मोबाइल सेवा पहिलेभन्दा कम मूल्यमा उपलब्ध गराउन शुरू गरेको छ ।
जस अनुसार अब १ हजार ६३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९४५ रुपैयाँमा पोष्टपेड मोबाइल सेवा लिन सकिनेछ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २०० रुपैयाँ र पोस्टपेड मोबाइलका लागि १ हजार ५१० रुपैयाँ बुझाउनु पथ्र्यो ।
परिमार्जित शुल्क साउन १ गते बुधवारदेखि लागू भएको हो ।
नेपाल टेलिकमले आर्थिक विधेयक २०७६ को दफा १४ ९१० मा व्यवस्था भएबमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्कबापत रू। ५०० मात्र लिने व्यवस्था भएपछि शुल्क घटेको बताएको छ । साथै, उक्त विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५६५ रुपैयाँ कम भएको छ ।
यसअघि टेलिफोन नामसारी गर्दा १ हजार २४३ रुपैयाँ बुझाउनुपथ्र्यो भने अवदेखि ६७८ रुपैयाँ मात्र भुक्तानी गर्दा नामसारी हुनेछ । आर्थिक अभियानमा खबर छ