‘नाँच मायाले’ बोलको तीज गीत विमोचन

निरन्तर न्यूज
१ श्रावण २०७६, बुधबार १९:०३

काठमाण्डौँ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरेर आज एक समारोह बीच ‘नाँच मायाले’ बोलको तीज गीत विमोचन गरिएको छ ।

विन्दा ढुंगेलको प्रमुख अतिथ्यता तथा शोभा सापकोटाको विशेष आतिथ्यतामा तीज गीत ‘नाँच मायाले’ को विमोचन गरिएको थियो ।

श्यामराजा पाण्डे र पार्वती बाँनीयको नाँच मायाले बोलको तीज गीतमा प्रकाश कटुवाल र पार्वती वाँनीयाले आवाज भरेका छन् ।

मिलन श्रेष्ठ र पार्वती बाँनीयको शब्दलाई तिलक वलीको एरेन्जमा अमोन रानाले कोरियोग्राफि गरेका छन् ।

मिलन फिल्मस् प्रोडक्सन प्रा लि ब्यानरमा बनेको गीतलाई ड्रोन मरभुमि नारायणले छायांकन गरेका छन् ।

रोशन धितालले सम्पादन गरेको गीतमा सन्जिब ठकुरी र सोनी बिसीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु