नेकपा मकवानपुरको इन्चार्जमा मोक्तान र सह इन्चार्जमा खतिवडा

निरन्तर न्यूज
१ श्रावण २०७६, बुधबार ०७:०३

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको इन्चार्जमा प्रदेश सभाका सदस्य समेत रहेकि कुमारी मोक्तान चयन भएकी छिन् । नेकपा केन्द्रीय सचिवालयको आज बसेको बैठकले पूरानो सहमति अनुसारको निर्णय कार्यान्वय गर्ने भएपछि मोक्तान इन्चार्ज भएकि हुन् । त्यस्तै सह इन्चार्जमा प्रतिनिधि सभा सदस्य समेत रहेका विरोध खतिवडा बनेका छन् ।

तत्कालिन नेकपा एमाले तथा माओवादी केन्द्रबिच एकिकरण भएपछि पार्टी अध्यक्ष तत्कालिन एमाले भएको जिल्लाको हकमा इन्चार्ज माओवादी केन्द्रको तर्फबाट हुने सहमति अनुसार इन्चार्जमा मोक्तानले जिम्मेवारी प्राप्त गरेकी हुन् । सोही अनुसार नेकपा मकवानपुरमा मोक्तान इन्चार्ज भएपछि तत्कालिन एमालेका जिल्ला इन्चार्ज विरोध खतिवडा भने सहइन्चार्ज भएका हुन् ।

यस अघि  नेकपाको निर्णय अनुसार मकवानपुर जिल्लामा तत्कालिन एमालेको तर्फबाट मुनु सिग्देल अध्यक्ष र माओवादीको तर्फबाट प्रेम बहादुर पुलामी सचिव भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*