न्युजिल्याण्डले इङल्याण्डलाई २४२ रनको लक्ष्य दियाे

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाईनल खेलमा उपाधिका लागि अहिले न्युजिल्याण्ड र ईङ्ल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ । न्युजिल्याण्डले इङल्याण्डसामु २४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
लड्समा टस जितेर पहिला ब्याटिङमा उत्रेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४१ रन जोडेको हो । न्युजिल्याण्डका लागि हेनरी निकल्सले अर्ध शतक पूरा गरेका थिए । निकल्सले ७७ बलमा ४ चौकासहित ५५ रन जोडेर आउट भए ।
त्यस्तै टोम लेथम ५६ बलमा १ छक्का र २ चौकासहित ४७, कप्तान केन विलियमसन ५३ बलमा २ चौकासहित ३०, मार्टिन गप्टिल १८ बलमा १ छक्का र २ चौकासहित १९ , जेम्स निशम २५ बलमा ३ चौकासहित १९, कोलिन डी ग्र्यान्डम २८ बलमा १६, रस टेलर ३१ बलमा १५, म्याट हेनरी २ बलमा ४ रनमा आउट भए ।
मिचेल सेन्टनर ९ बलमा ५ र ट्रेन्ट बोल्ट २ बलमा १ रन बनाउँदै अविजित रहे ।
इङल्याण्डका लागि लिअम प्लङ्केट र क्रिस वोक्सले ३/३ विकेट लिएका थिए । यता मार्क उड र जोफ्रा आर्चरको नाममा १/१ विकेट रह्यो ।