अविरल वर्षाको कारण ५० जनाको मृत्यु, २५ घाइते तथा ३३ जना बेपत्ता

निरन्तर न्यूज
२९ असार २०७६, आईतवार १३:३३

काठमाण्डाैँ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ५० जनाको मृत्यु भएको छ र २५ जना घाइते तथा ३३ जना बेपत्ता रहेको नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् ।

अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । अहिलेसम्म १ हजार १ सय ४ जनाको उद्धार गरिएको छ ।

ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ ।

बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई, दुई, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक गरी २० जना घाइते भएका छन् । त्यसैगरि सिन्धुली ६, इलाम र मोरङ्गमा ३ –३, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा १–१ जना गरी कुल २४ जना बेपत्ता भएकाे तथ्यांक रहेकाे छ । सुरक्षाकर्मीसँग, रेडक्रस, स्थानीय लगायतले अहिले पनि उद्धार कार्य भने जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु