भिमफेदी गाउँपालिकाले ३ दिन विद्यालय बन्द गर्ने
हेटाैडा । भिमफेदी गाउँपालिकाले वाढि पहिराेकाे कारण विद्यालयमा जान जाेखिम हुने र भिमफेदीका केही स्थानमा वर्षाकाे कारण आवत जावतमा समस्या हुने भन्दै असार २९ गतेबाट असार ३१ गतेसम्म ३ दिन विद्याल बन्दकाे घाेषणा गरेकाे छ ।
यस्ताे मनसुन सक्रिय रहेकाे समयमा विद्यार्थी भाइवहिनीहरुमा विद्यालय आउँदा जाेखिमकाे सामना गर्नुपर्ने संभावना हुन सक्ने भन्दै बाढि पहिराेका कारणा तीन दिन विद्यालय बन्द गरिने भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
भिमफेदीका धेरै स्थानमा बाढी पहिराे गएकाे र टाढा टाढाबाट विद्यार्थी विद्यालय आउन जाेखिम हुन सक्ने भन्दै भिमफेदीका जनताका सबालमा प्राकृतिक जाेखिमबाट जाेगाउन र संभावित जनधनकाे क्षतिबाट बच्न र बचाउनकाे लागि ३ दिन सम्पूर्ण विद्यालय बन्द गरिएकाे अध्यक्ष लामाले जानकारी दिनुभयाे ।
वर्षा बाढी पहिराे लगायतकाे जाेखिमबाट बच्न र बचाउन समेत गाउँपालिकाका जनतालाई सुरक्षित रहन अध्यक्ष लामाले अ्रागह गर्नुभएकाे छ ।