भेलले बगाएका व्यक्तिको मकवानपुर प्रहरीद्वारा उद्धार

निरन्तर न्यूज
२९ असार २०७६, आईतवार ११:१८

हेटौंडा। अविरल वर्षा सगै आएको भेलले बगाएका एक व्यक्तिको मकवानपुर प्रहरीले  सकुशल उद्धार गरेकाे छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको टोलीले शनिबार रातोमाटे स्थित खहरेमा बग्दै गरेका अन्दाजी  ५० बर्षीय व्यक्तिको सकुशल उद्धार गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

पहिचान नखुलेका ति व्यक्तिलाई अस्पताल लगिएकाे र फोक्सोमा पानि जमेका कारण हेटौंडामा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु