हेटाैँडा ५ नम्बर वडाका सबै विद्यालय ३ दिन बन्द हुने

निरन्तर न्यूज
२९ असार २०७६, आईतवार १०:२७

हेटाैँडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ५ का सबै विद्यालय बन्द गर्न उपमहानगरले निर्देशन दिएकाे छ ।

विगत केहिदिन देखी अविरल बर्षाको कारण यस उपमहानगरपालिकाको वडा नं ५ का सम्पुर्ण भागहरू डुवानमा परेकोले यस वडा क्षेत्रभित्र रहेका सम्पुर्ण सामुदायिक, संस्थागत र अन्य शैक्षिक संस्थाहरु आज मिति २०७६/०३/ २९ देखि तीन दिन सम्म संचालन नगर्नुहुन  भन्दै सूचना जारी गरेकाे छ । उपमहानगरकाे फेसबुक पेजमा सूचना जारी गर्दै विद्यालय बन्द  गर्नुका साथै यस अबधिमा अभिबावकहरूले आफ्ना बालबालिकाहरूलाई सुरक्षित स्थानमानै राख्नुहुन समेत हेटौंडा उपमहानगरपालिकाले अनुरोध गरेकाे छ ।

हेटौंडा उपमहानगरपालिका वडार नम्बर ५ का वडा अध्यक्ष राजेश बाँनीयाले उपमहानगर प्रमुख हरि बहादुर महतसँगकाे छलफल गरि वडाकाे अवस्थालाई मध्य नजर गर्दै वडाका सबै विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय भएकाे बताउनुभयाे ।

प्याब्सन मकवानपुरका अध्यक्ष अनिल पाण्डेले उपमहानगर ५ का वडा अध्यक्षबाट यस्ताे सूचना आएपछि सम्वन्धित सबैमा सूचना प्रवाह गरिएकाे जानकारी दिनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*