प्रकाेप पिडित परिवारलाई ३ नम्बर प्रदेश सरकारले राहत दिने

निरन्तर न्यूज
२८ असार २०७६, शनिबार २०:४५

हेटौंडा । प्राकृतिक प्रकोपका कारण मृत्यु भएका परीवारलाई ३ नम्बर प्रदेश सरकारले १/१ लाख राहत रकम दिने घोषणा गरेको छ । आज प्रदेश नम्बर ३ सरकारको विपद् व्यवस्थापन निर्देशक समितिको बसेको वैठकले बाढी, पहिरोका कारण मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ राहत रकम दिने घोषणा गरेको हो ।

प्रदेश ३ मा रहेका जिल्लाहरुमा बाढी पहिरोका कारण हाल सम्म १३ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । बिपद व्यबस्थापन समितिका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले पिडित परिवारलाई राहत रकम दिने घोषणा गरेको हो ।

यस्तै बाढी पहिरोमा परेर घाईते भएकाहरुका लागि प्रदेश ३ सरकार मातहत रहेका अस्पतालमा निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताएको छ । उक्त अस्पताल भन्दा बाहेकमा उपचार गराए पनि २५ हजार रुपैयाँ सम्म राहत रकम उपलब्ध गराइने निर्णय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*