मकवानपुर नामक पुस्तक सार्वजनिक
हेटाैँडा । जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय निकायको शब्दचित्र समेटेर प्रकाशन गरेको मकवानपुर नामक पुस्तकको एक कार्यक्रमका बीच मुख्यमन्त्री डोरमणी पौडेलबाट सार्वजनिक गर्नुभएकाे छ ।
कार्यक्रममा वक्ताहरुले पुस्तक परिस्कृत र उपयोगी रहेको बताउनु भएको थियो ।
स्थानीय १० वटा तहको बारेमा पुस्तकमा समेटिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले समग्र जिल्लाको शब्दचित्र समेटिएको मकवानपुर नामक पुस्तकको समेत चर्चा गर्नुभयो ।