रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

निरन्तर न्यूज
२५ असार २०७६, बुधबार १६:३९

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले आज जनकपुरमा आयोजना गरेको रामायण सर्किटको पूर्वाधार विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले यस क्षेत्रको पर्यटकीय विकासमा कोसेढुंगा सावित हुने सम्भावना बोकेको रामायण सर्किटको पूर्वाधार विकासमा प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्नु भयो ।

रामायण सर्किट धार्मिक पर्यकीय क्षेत्र मात्र नभई दुई देश विचको सम्बन्धका साथै त्रेता युगिन सम्भयता झझल्को समेत दिने भएकोले दुबै देशका केन्द्रिय सरकारलाई अग्रसर हुन आग्रह समेत गर्नु भयो । नेपाल र भारतको सम्बन्ध राजनीतिक मात्र नभई परापूर्वकाल देखी चल्दै आएको जनजनको सम्बन्ध रहेको चर्चा गर्नु हुँदै उहाँले यसलाई राजनीति सिमांकनले छेक्ने काम कहि कतै बाट हुनु नपर्नेमा जोड समेत दिनु भयो ।

करौडौ हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरका साथै यस क्षेत्रको विकासमा केन्द्र सरकारले अझै ध्यान दिननसकेको गुनासो गर्नु हुँदै उहाँले प्रदेश सरकारले आफनो बुताले भ्याए सम्म जानकी मन्दिरलाई विश्वमा चिनाउने कार्यलाई अघि बढाएको बताउनु भयो ।
कार्यक्रममा विशिष्ठ अतिथि उद्योग पर्यटन बन तथा वातावरण मन्त्री राम नरेश रायले जनकपुर क्षेत्रको विकासका साथै धनुषा धामको विकासमा भारत सरकारलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा भारत सरकारको पूर्व मन्त्री डा. संजय पासवानले मिथिला क्षेत्रको विकासमा रामायण सर्किटको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नु भयो ।

कार्यक्रममा रामायण सर्किटका अध्यक्ष डा रामवतार शर्मा, प्रदेश सभा सदस्य रामअशिष यादव, साधवी हेमलता सहितका वक्ताहरुले नेपाल भारतका साथै मिथिला र अवधका सम्बन्धबारे विस्तृत व्याख्या गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*