हेटाैँडाका थिङ र यादव एनआरएनए अष्ट्रेलियामा विजयी

निरन्तर न्यूज
२५ असार २०७६, बुधबार १२:१०

हेटौंडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनावमा मकवानपुरका दुई युवाले निर्वाचित भइ एनआरएनए यात्रालाइ अघि बढाएका छन् ।

जुलाई ६ मा अष्ट्रेलियामा भएकाे सन् २०१९–२०२१ अवधिका सदस्य पदका लागि  भएको निर्वाचनमा हेटौंडाका २ जना युवा निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेमा हेटाैँडा उपमहानगर ४ का कर्णकुमार यादव र हेटौँडा १ का विरोध थिङ रहेका छन् ।

न्यू साउथ वेल्समा ‘स्टेट काउन्सिल कोअर्डिनेटर मेम्मर’मा थिङ  र ‘नेश्नल काउन्सिल कोअर्डिनेटर मेम्मर’ मा यादव निर्वाचित भएका थिए ।

यादवले १५ जनामा आफु विजय हुहन सफल भए भने थिङले ३४ जना उमेदवार मध्ये १४ जना विजयीको सूचिमा आफ्नो स्थान सुरक्षित बनाउन सके ।

यादवको एनआरएन अष्ट्रेलियामा यो दोस्रो कार्यकाल हो र थिङको पहिलो कार्यकाल रहेको छ ।

एनआरएनए अष्ट्रेलियाको सन् २०१९–२१ को लागि भएको निर्वाचनबाट महासचिव डा। ज्ञानेन्द्र रेग्मी, सचिव उषाकिरण बारिया, कोषाध्यक्ष अनिल पोखरेल तथा इर्षाद अहमद युवा संयोजकमा छानिएका छन् ।

यसैगरी अष्ट्रेलियाका अन्य ६ राज्यहरु तथा दुई टेरिटोरीमा समेत नेतृत्व छानिएका थिए ।

निर्वाचन समितिका अनुसार न्यु साउथ वेल्समा देवबहादुर गुरुङ, दक्षिण अष्ट्रेलियाबाट नविन पन्त, भिक्टोरियामा प्रेम कँडेल, क्युन्सल्याण्डमा उमेश खड्का, अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा चुडामणि सापकोटा र पश्चिम अस्ट्रेलियामा कृष्णमान श्रेष्ठ निर्वाचित भएका थिए ।

तास्मानिया र डार्बिनमा क्रमशः सन्देश परियार र हेम पुन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । तश्विर कर्ण यादवकाे फेसबुक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*