प्रदेश खेलकुद परिषदमा हेटाैँडाका २ जनाले सपथ खाए

निरन्तर न्यूज
२४ असार २०७६, मंगलवार १९:३३

हेटौँडा . नेपाल सरकार प्रदेश नम्बर ३ को प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिव र सदस्यहरुको आज सपथ सम्पन्न भएको छ ।

हेटौँडा स्थित सामाजिक विकास मन्त्रालयका मन्त्री युवराज दुलाल अध्यक्ष रहेको परिषदमा सदस्य सचिव सूर्यलाल भण्डारी र सदस्यहरु विकाश तामाङ, माधब तिमल्सीना, मनिता श्रेष्ठ, उत्तम गुरुङ र कल्पना शर्माले आज सपथग्रहण गरेका छन् ।

प्रदेश खेलकुद विकास परिषदमा मकवानपुरका माधव तिमल्सिना र कल्पना शर्मा रहनु भएको छ ।

तिमल्सिना जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र शर्मा महिला फुटबल रेफ्रि हु्नुहुन्छ ।

परिषदमा २१ सदस्य टोली रहने छ तर अहिले ६ जना मात्रको लागि असार ९ गतेको मन्त्री परिषदको बैठकले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु