पौडेल हत्याकाे छानविन चित्तबुझ्दाे भएन, नेपाली काँग्रेस र राजपाद्वारा संसद अवरुद्ध
काठमाडौं । ‘संसदीय छानबिन समिति’ गठनको माग गर्दै नेपाली काँग्रेस र राजपाद्वारा नाराबाजीसहित संसद अवरुद्ध गरेका छन् ।
विप्लव नेकपाका नेता कुमार पौडेलको हत्या र सर्लाही घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्तबुझ्दो नभएको र उक्त घटनाको थप छानबिनको लागि संसदीय समिति बनाउन माग गर्दै राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको हो ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले गृहमन्त्री ‘गोली हानेर मानव अधिकारको रक्षा गरेको’ भनेर दिएको जवाफ आपत्तिजनक भएको बताए ।
सभामुख महराले संसदीय छानबिन समिति बनाउनका लागि दलहरुसँग परामर्श गर्ने बताएर बस्न अनुरोध गरे पनि अवरोध जारी रहेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।