६२ वर्षीय काँग्रेस नेता कार्कीकाे तेश्राे विहे
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की (६२) ले तेस्रो पटक एक (२६ वर्ष कान्छि) युवतिसँग टीकाटालो गरेर बिहे गर्ने भएका छन् । आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा पूर्व मन्त्री कार्कीले उत्सव शमशेर राणाकी नातिनीसँग बिहे गर्न लागेको बताइए पनि बधुको नाम भने खुलेको छैन । कार्कीको बिहेको मिती पनि सार्वजनिक गरिएको छैन ।
विवाह पूर्व आयोजित टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यमात्र उपस्थित रहेको बताइएको छ ।
यस अघि बिहे गरेका दुवै श्रीमतीको निधन भएपछि कार्कीले तेश्रो विवाह गर्न लागेका हुन् । कार्कीले पहिलो बिहे पछाइँ परिवारकी छोरीसँग र दोस्रो बिहे राणा परिवारकी छोरीसँग गरेका थिए । कार्कीकी जेठी श्रीमतीबाट एक छोरी छिन् ।
कार्कीकाे विहेकाे विषयलाई लिएर सामाजिक सन्जालमा नेताबाट कस्ताे संस्कार सिक्दैछाैँ भन्ने आलाेचना तथा टिका टिप्पणीहरु हुँदै आएकाे पाइन्छ ।