२५ मिटर सडक विस्तारको काम आजबाट फेरी शुरु

हेटौँडा । धेरै विवादको कारण २५ मिटर सडक विस्तारको काम आज सोमबारबाट फेरी शुरु गरेको छ ।
आज पश्चिमि मकवानपुरको लोथरबाट घर टहरा भत्काउने कार्य शुरु गरिएको डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकारी जयराम अधिकारीले बताए ।
अधिकारीले मकवानपुरको लोथर र बाराको अमलेखगन्जमा २५ मिटर भित्रका घर टहरा भत्काउन शुरु भएको बताए ।
लोथरमा टहरा भत्किसकेको र मंगलबारबाट मनहरी तर्फ टाेलीले भत्काउँदै आउने छ, अमलेखगन्जबाट पनि हेटौँडा तर्फ भत्काउने काम निरन्तर अघि बढ्ने समेत अधिकारीले बताए ।
हेटौँडा बजारको सन्दर्भमा लगभग ३ सय घरले सर्वोच्च अदालतको स्टे अर्डर लिएकोले त्यस घर बाहेकका अन्य क्षेत्रका संरचना क्लियर गरिने अधिकारीले बताए ।