नेकपाको राजनीतिक प्रतिवेदनको टुंगो लाग्यो, साेमबार प्रकाशनमा जाने

निरन्तर न्यूज
२२ असार २०७६, आईतवार १७:१५

काठमाडौं । प्रकाशनमा जाने टुंगो नलागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन दुई अध्यक्षबीच छलफल पश्चात सहमति भएपछि प्रकाशनमा जाने भएको छ ।

एक वर्षअघि सहमति भइ पारित भए पनि प्रकाशन गर्न नसकेको नेकपाको राजनीतिक प्रतिवेदन सोमबारबाट प्रकाशनमा जाने बताइएको छ छ ।

नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी ओलीसँग भएको छलफलले उक्त प्रतिवेदन प्रकाशनमा लैजाने सहमति जुटेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*