सुन ल्याउने अर्काे नयाँ जुक्ति, प्रहरीले पत्ता लगाइ छाड्याे

निरन्तर न्यूज
२२ असार २०७६, आईतवार १६:५७

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको बताएकाे छ । सुन तस्करले विभिन्न नयाँ जुक्ती लगाउँदै आइरहेकाे यस घटनाले पनि अनुमान गर्न सकिन्छ ।

काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त टोलीले विशेष सुराकीका आधारमा  तस्करीकाे सुन सहित  मोरङका लीलाबहादुर बस्नेतलाई पक्रेकाे बताएकाे छ ।

कतारको दोहामा तीन वर्ष बसेर फर्किएका  बस्नेतसँग लिइएकाे बयानका क्रममा ‘एकजनाले डाइपर लगिदिनू भनेर निश्चित रकम दिने सर्तमा पठाएको’ बताएका छन् ।

वैदेशिक राेजगारीकाे क्रममा कतारको दोहामा तीन वर्ष बसेर फर्किएका बस्नेतले डाइपरको बटममा ‘रिङ’ बनाएर सुन ल्याएका थिए ।

काठमाडौं प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*