किन हुन्छ शिक्षामा लुट, हेटौँडाका इन्स्टिच्युटमा अब नयाँ तरिका अपनाएर ठगी धन्दा

निरन्तर न्यूज
२१ असार २०७६, शनिबार ०९:२६

हेटौँडा । हेटौंडामा संचालित हेटौंडा जापान बिजनेस ट्रेनिङ स्कुलको नाममा नियम विपरीत अनुमति  विना शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धि गतिविधि संचालन गरिरहेको छ । अल्फा एजुकेशनको नामको स्थायी लेखा नम्बर लिएर हेटौँडा जापान भन्दै अवैध शैक्षिक धन्दा चलाएर एकातिर प्रशासन र अर्कोतिर कर कार्यालयलाई ठाडो चूनौति दिएको छ ।

प्रशासनले बन्द गर्नु भन्ने चेतावनि दिँदा पनि वेवास्ता गर्दै यस सस्थाले हाल पनि जापानिज भाषा पढाइरहेको पाइएको छ ।
कुनैपनि इन्स्टिच्युट कन्सल्टेन्सीले अनिवार्य रुपमा सम्बन्धित निकायबाट अनुमति लिएर मात्र संचालन गर्नुपर्ने प्रावधान भएपनि हेटौंडा जापान बिजनेसले अबैध रुपमा भाषा संचालन गरि बिद्यार्थीबाट चर्को शुल्क उठाउदै आइरहेको छ ।

हेटौंडा जापान इन्स्टिच्युटमा प्रमुख जिल्ला अधिकारी आफै अनुगमन गर्दा गैरकानुनि रुपमा कक्षा संचालन भैरहेको भेटिएको थियो । अबदेखि अनुमति नलिएसम्मको लागि संस्था बन्द गर्ने शर्तमा सस्थाका संचालकलाई छोडिएको थियो । तर यस संस्थाले सिडिओलाई ठाडै चूनौती दिदै ठगी धन्दा गर्न अझै छोडेको छैन । बिद्यार्थिबाट चर्को शुल्क लिदै अबैधानिक रुपमा कक्षा संचालन गरिरहेको यस सस्थाले प्रशासनको निर्णयलाई नै लत्याउदै खुलेआम लुटतन्त्र चलाइरहेको छ ।

हेटौंडाको हेटौंडा जापान बिजनेस ट्रेनिङ स्कुलले जापानिज भाषा सिक्ने हरेक बिद्यार्थीबात २५ हजार का दरले लिने गरेको पाइएको छ ।
सानो विजनेस कार्डदेखि बोर्ड, फ्लेक्स तथा अन्य प्रकारका प्रचार सामग्रीमा हेटौंडा जापान बिजनेस ट्रेनिङ स्कुलको नाम राखी तामझाम गरेको छ तर कार्यालय भित्र भने युनिक अल्फा एजुकेशन कन्सल्टेन्सी प्रा.लि. को पान नम्बर टाँसेर कर कार्यालयलाई मात्र झुक्याएको छैन, सम्बन्धित निकायमा न हेटौंडा जापान दर्ता छ न युनिक अल्फाले नै संचालनका लागि अनुमति लिएको छ ।

कर कार्यालय र जिल्ला प्रशासन मौन बस्छ कि कानूनको कार्यान्वयनमा लाग्छ कुर्नु पर्ने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*