प्रहरीद्वारा रुकुमपूर्वका नकाबधारी लुटेरा पक्राउ

जयमान बुढा मगर
२१ असार २०७६, शनिबार ०८:२६

रुकुमपूर्व । रुकुमपूर्वमा एक लुटेरालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका २६ वर्षीय बालाराम परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

असार १६ गते अपराहण १२ बजेमा रन्मा बाट पिपलटुङ तर्फ खच्चर लिएर आउने क्रममा वडा नं.५ गर भन्ने ठाउँको जंगलमा अपरिचित नकाबधारी चार जनाको समूहले घरेलु हतियार खुकुरी देखाई घाँटी र टाउँकोमा कुटपिट गरी साथमा रहेको ८ लाख ५० हजार रकम लुटिएको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक ओमप्रसाद पौडेलको नेतृत्वमा उक्त ठाउँ तर्फ प्रहरी पठाइएको थियो प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए । ‘टेलिफोन मार्फत परियारले नै कार्यालयमा खबर गरेको थियो प्रहरी पुगि सोधपुछ गर्दा प्रहरीलाई सत्य तथ्य सूचना नदिदा गलत सूचना दिएको पत्ता लगाई परियारको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले ६ लाख ५० हजार रकम फेला पारी उक्त रकम बरामद गरिएको हो’ प्रहरी निरीक्षक सुनारले भने, ‘उक्त रकम परियारले पाउँनका लागि उक्त बाहाना गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

१६ गते ३७ र १७ गते थप १३ जना गरी ५० जनाको प्रहरी परिचालन गरी चार दिनको अनुसन्धानबाट परियारलाई नियन्त्रणमा लिएको हो । परियार खच्चरबाट उक्त ठाउँका पसलका लागि दुवानी गर्दै आएको स्थानीयले बताएका छन् । १६ गतेको दिनमा पनि विभिन्न पसलले परियारलाई पसलको सामानको लागि उक्त रकम दिएर पाएका थिए । यसबारे थप अनुसन्धान भैरहेेकाे प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*