निगममा गडबडीको प्वाल छ, मुहान नै बन्द गर्नु पर्छ : मातृका यादव

निरन्तर न्यूज
२० असार २०७६, शुक्रबार १८:५३

हेटौंडा । हेटौँडामा तरल पदार्थको मापन गर्नको लागि बनेको क्यालिब्रेशन टावरको आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गर्नुभएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रमा नव निर्मित टैंकर क्यालीब्रेशन टावरको उद्घाटनमा बाेल्दै मन्त्री यादवले यो क्यालिब्रशन टावर वेइमानीलाई अंकुश लगाउने एउटा विधि भएको बताउनुभयो ।

क्यालिव्रेशन टावरकाे निरीक्षण गर्दै ‘यसको आवश्यकता थियो बनेको छ राम्रो हो’ मन्त्री यादवले भने ।

मन्त्री यादवले राजनीतिक नेतृत्व र कर्मचारी तन्त्र बदनाम भएकोले मुलुकको सुधारका लागि अब हामीले विकृति विसंगतिहरु विरुद्धको आन्दोलन गर्न जरुरी रहेकाे बताउनुभयाे ।

कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यमकुमारी खतिवडाले पहिलो पटक नेपालमा अन्तराष्ट्रिय स्तरको क्यालिब्रेशनकाे सुरुवात गरिएको वताउनुभयो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पुडासैनीले प्रति ट्यांकर ७ हजार ५ सय रुपैया राजश्व तिरेर वार्षिक सेवा दिने व्यवस्था समेत गरिएकाे बताए । विभागका ६ जना कर्मचारी परिचालन हुने र दैनिक १५ वटा ट्यांकरको क्यालिब्रेशन गर्न सकिने समेत पुडासैनीले बताए ।

कार्यक्रममा प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह, पेट्राेलियम डिलर तथा ढुवानी संघका शालिक राम कँडेल, विश्व अर्याल, लिलेन्द्र प्रधान, उत्सव इटेनी लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*