नेपाल प्रहरीका पूर्व महानिरीक्षक ठकुरीले सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरे

निरन्तर न्यूज
१९ असार २०७६, बिहीबार २१:४५

काठमाडौं। नेपाल प्रहरीका पूर्वप्रमुख रमेश चन्द ठकुरीले सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका छन् । चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका चन्द विगत दुई वर्षदेखि ‘फरार’ रहेका थिए ।

चन्दले बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका हुन् । दुई वर्षअघि ठकुरीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक श्रेष्ठ लगायतलाई सर्वोच्चले दोषी ठहर गरेको थियो । सर्वाेच्च अदालतका तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

कार्की नेतृत्वको इजलासले पूर्वप्रहरी प्रमुख राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको थियो । त्यसैगरी, ठकुरी र गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना फैसला भएको भएको थियो ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सुडानको डार्फरमा जाने संगठनका सदस्यको वन्दोवस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको अदाललते प्रमाणित गरेको थियो । चन्दसँगै दोषी देखिएका राणा, गुरूङ, थाङ्देन र श्रेष्ठ अहिले डिल्लीबजार कारागारमा छन् । जरिवाना हुने फैसला गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*