जीप दुर्घटनामा परी दुईजनाको मृत्यू

निरन्तर न्यूज
१९ असार २०७६, बिहीबार १२:१८

अर्घाखाँची । अर्घाखाँचीको सुपाखोलामा जीप दुर्घटनामा परी दुईजनाको मृत्यू भएको छ भने ५ यात्रु घाइते भएका छन् । बिहीबार बिहान लु १ ज १३२९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका ५ जनाको अवस्था गम्भीर रहेको छ । नेपाल प्रहरी र स्थानीयहरु अहिले उद्धारमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु