यातायात व्यवस्था कार्यालयका विचौलिया प्रहरी फन्दामा

निरन्तर न्यूज
१८ असार २०७६, बुधबार १८:३५

वीरगञ्ज। वीरगञ्जबाट प्रहरीले यातायात व्यवस्था कार्यालयमा विचौलियाको काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका नं. १५ लक्ष्मणवा बस्ने २० वर्षीय विनयकुमार गुप्ता, सोही ठाउँ बस्ने १८ वर्षीय शिव शम्भु यादव र बारा जिल्ला फेटा गाउँपालिका घर भइ वीरगञ्ज महानगरपालिका वडा नं १५ लक्ष्मणवा बस्न २० वर्षीय श्यामसुन्दर साह रहेकाे प्रहरीले जनाएकाे छ ।

सेवाग्राहीबाट सरकारी दस्तुर भन्दा बढी रकम लिएर काम गराइदिने आश्वासन दिँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*