सामाजिक सञ्जालमा भाइरल भयाे बाबुराम हली बनेको तस्वीर
काठमाण्डाैँ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई धान दिवस तथा रोपाईं महोत्सवका अवसरमा हली बनेका तश्विर यतिखेर सामाजिक सन्जालमा भाइरल बनेकाे छ। सादगी जीवन विताउने डाक्टर भट्टराई हलि बनेकाे तश्विरले तमाम नेपाली जनताकाे मन छाेएकाे उनले पाेष्ट गरेकाे तश्विरमा देख्न सकिन्छ ।
सरकारले असार १५ लाई रोपाईं महोत्सव तथा धान दिवसका रुपमा मनाउँदै आइरहेको छ ।
धान दिवस तथा रोपाईं महोत्सवका अवसरमा बाबुराम गृह जिल्ला गोरखामा किसानहरुसँगै रोपाईंमा रमाएका थिए । उनलाइ स्थानीयले र ।
बाबुराम पालुङटार नगरपालिका–१ ले आयोजना गरेको तथा सफल मल्टिपर्पोज कृषि फार्मको रोपाईंमा छत्रे टोपी, कट्टु र टि–सर्ट लगाएर किसानकै भेषमा खेतमा सरिक भइ हिलाेमा गोरु जोते र कोदाली चलाए ।
बाबुराम आफैंले पोस्ट गरेका उक्त तश्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
तश्विरहरू: बाबुराम भट्टराईकाे फेसबुक पेजबाट