शेयर बजार दोहोरो अंकले बढ्याे

काठमाडौं । मंगलबार दोहोरो अंकले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अंकले नै बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५.६२ अंकले बढेर एक हजार २६८.६८ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अंकले बढेर २७२.९८ विन्दुमा पुगेको छ ।
परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । बुधबार कूल १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता सेयर ५५ करोड दुई लाख ४७ हजार ८१३ मा खरिदबिक्री भए ।
स्टकका अनुसार कारोबार भएका ११ उपसमूहमध्ये सबै उपसूहको सेयर उकालो लागेको छ । बैंकिङ १३.७६, होटल १.६९, विकास बैंक १४.३९, जलविद्युत् १४.९४, वित्त २.९५, निर्जीवन बीमा ९३.४१, उत्पादन १८.४६, अन्य ८.५७, लघुवित्त २६.०२, जीवन बीमा ९४.९३ र सामूहिक लगानी कोष ०.०६ अंकले बढेको छ ।
नेपाल बैंक लिमिटेडको सेयर चार करोड ५३ लाख ३१ हजार ८७० मा कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै सेञ्चुरी कमर्सियल बैंक तीन करोड ४० लाख ८५ हजार १३०, मेगा बैंक नेपाल तीन करोड २६ लाख ६५ हजार ५४१, प्रभु बैंक लिमिटेड तीन करोड तीन लाख ८६ हजार ९४ र सिभिल बैंक लिमिटेड तीन करोड दुई लाख ११ हजार ३८ मा कारोबार भए ।
बढेको बजारमा रिलायन्स फाइनान्सका सेयरधनीले ६.०६ प्रतिशतले गुमाए । त्यस्तै नाङ्दी ग्रुप पावर ४.९१, युनियन हाइड्रो पावर लिमिटेड ४.६८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.३८ र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले २.५ प्रतिशतले गुमाए ।
सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ८.१०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ६.७६, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.९९, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी ५.९५ र रिढी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले ५.६२ प्रतिशतले कमाए ।