सभामुख घर्तीद्वारा जनजाति महासंघको भवन र स्वास्थ्य चौकी उद्घाटन

जयमान बुढा मगर
१७ असार २०७६, मंगलवार २२:००

रुकुमपूर्व । प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्ती मगरले भूमे ९ चुन्बाङको स्वास्थ्य चौकी र सोमबार पुथा १२ कोलमा नेपाल आदिवासी जनजाति महासंघको भवन उद्घाटन गरेका हुन् ।

संघीय सरकारको २ करोड २४ लाख रुपयाँको भूमे ९ चुन्बाङको स्वास्थ्य चौकी र पुथा उत्तरगंगा गाउँपालिकाको १५ लाख रुपयाँको पुथा १२ कोलको नेपाल आदिवासी जनजाति महासंघको भवन निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रममा भूमे र पुथा उत्तरगंगा गाउँपालिकाले सभामुखसँग नागरिकका सामाजिक, आर्थिक विकासका विषयमा स्थानीयले अन्तरक्रिया समेत गरेका छन् । सभामुखले आफ्नो गृहजिल्लाका नागरिकसँग भलाकुसारी तथा विकास निर्माणका गतिविधि सम्बन्धी जिज्ञासा तथा प्रतिक्रिया लिएका थिए । यसै वीच सरकारबाट भइराखेका विकासबारे सुसूचित गराउने उद्देश्यले पनि गृहजिल्लामा सभामुखको उक हप्ते कार्यक्रम तय भएको उनका स्वकीय सचिव धुव्रबिक्रम ओलीले जानकारी दिए । स्वकीय सचिव ओलीका अनुसार असार १८ गते जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड रुकुमकोटमा उद्घाटन गर्ने बताइएको छ ।

आदिवासी जनजातिको हक र अधिकार संविधानमा उल्लेख गरिए अनुसार सदुपयोग गर्न एकताबद्ध भएर लाग्नहुन सवैमा सभामुख घर्तीले अनुरोध गरे । ‘स्थानीय कला, साँस्कृति तथा मौलिक इतिहासलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आवश्यक रहेको छ’ उनले भने, ‘त्यसको लागि आफूले पनि पहलकदमी गर्ने छु हाम्रो भेषभुषा सँस्कारलाई विकास गरेर पर्यटकलाई भित्र्याउने जस्ता काममा लाग्नु पर्ने छ ।’
चुन्बाङको स्वास्थ्य चौैकी आवास सहित २४ कोठाको भवन बनाइएको छ । यस अघि स्वास्थ्य चौकीको आफ्नो भवन नहँुदा विभिन्न समस्या भोग्नु परेकोमा अहिले त्यस्ता समस्या टरेको स्वास्थ्य चौकीले जनाएको छ ।

त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ रुकुमपूर्वको सभाहल भवन निर्माणको लागि पुथा उत्तरगंगा गाउँपालिकाले आर्थिक सहयोग गरेको हो । उक्त भवनको लागि स्थानीय कोलबासीले १ कित्ता जग्गा निःशुल्क प्रदान गरिएकोमा चौडाई १० मिटर र लम्बाई २२ मिटरको दुई कोठेको जस्तापाताले छाइएकोमा बाँकी पल्सटर गरेर निर्माण गरिएको महासंघका जिल्ला सचिव सविना बुढाले जानकारी दिए ।

उनका अनुसार जिल्लामा जनजाति महासंघको सभाहल भवन पहिलो पटक बनाइएको हो । भने संग्रहालय भवन भूमे २ काँक्रीमा बनाइएको छ । उक्त दुई भवनले परम्परागत सामाग्री राख्ने र विभिन्न बैठक तथा सभाका लागि समस्या रहेको थियो अहिले उक्त दुई भवनले केही समस्याको समाधान हुने सचिव बुढाले बताए ।

सोमबार कोलको जनजाति महासंघको भवन उद्घाटनमा ५ नम्बर प्रदेशका नेपाल आदिवासी जनजाति महासंघका सचिव प्रवेश पुन, रुकुमपूर्व नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जानु छन्त्याल र सचिव सबिना बुढा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*