प्रदेशका ३ का मुख्यमन्त्री पौडेल ५ दिने चीन भ्रमणमा
हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ५ दिने चीन भ्रमणका लागि मङ्गलबार त्यसतर्फ जानुभएकाे छ ।
गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्रीको नेतृत्वमा मंगलबार टोलि त्यसतर्फ प्रस्थान गरेको हो । दक्षिण एसियाली राष्ट्रहरुसङ्गको सम्बन्ध हेर्ने गान्सु प्रान्तको लान्झाउ शहरमा असार १८ देखि २१ गतेसम्म आयोजना हुने विविध कार्यक्रममा मुख्यमन्त्री पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेकाे मुख्यमन्त्रीका स्वकीय सचीव अनुप पौडेलले जानकारी दिनुभयो ।
तालिका अनुसार मुख्यमन्त्री पौडेलले डेभलपमेन्ट फोरम एन्ड कोरिडोर लजिस्टिक इन्डस्ट्रीकाे प्रोमोसन कार्यक्रममा सहभागि हु्ने र १९ गते २५ औ चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रमलाइ समेत सम्बोधन गर्नुहुनेछ ।
सोही अवसरमा गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिअन सङ्ग भेट गर्नुका साथै २० गते सस्टिनेबल डेभलपमेन्ट फोरम अफ सिल्क रोड सिटिजमा सहभागी हुनुका साथै त्यहाँको विभिन्न स्थानको अवलोकन समेत गर्ने कार्यक्रम छ ।
२१ गते त्यहाका उद्योग, कृषि प्रदर्शनीको समेत अवलोकन पश्चात सिन्धुलीको मरिण र मकवानपुरको मनहरीमा स्थापना हुने औद्योगिक क्षेत्र तथा विद्युतिय सवारसंचालनका बिषयमा पनि थप छलफल हुने स्वकीय सचीव अनुप पौडेलले बताउनुभयो ।
गान्सुसङ्ग गत बैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलले भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत सहयोग पुग्ने बताउनुभयो । “चीनको अभूतपूर्व आर्थिक विकासबाट धेरै प्रभावित हामी छौं, त्यसैले पनि चिनको बिकासबाट धेरै कुरा सिक्न सक्छौ’’ –उहाँले भन्नू भयो । यो सम्बन्ध नेपाल र चीनबीचको विकास अनुभवको माध्यमबाट ऐतिहासिक सम्बन्धलाई बढावा दिन एक महत्वपूर्ण क्षेत्र हुन