प्रकाश दाहालको जन्मजयन्तीमा सगरमाथा आरोहीलाई सम्मान

निरन्तर न्यूज
१७ असार २०७६, मंगलवार १६:३७

काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालको ३८ औं जन्मजयन्ती मनाइएको छ ।

आज राष्ट्रिय सभागृहमा प्रचण्ड पुत्र प्रकाशको ३८ औं जन्मजयन्ती एवम् सगरमाथा आरोहीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा अध्यक्ष प्रचण्ड, नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायत नेकपा नेता तथा कार्यक्रमको सहभागिता रहेको थियो । अन्य विभिन्न राजनीति दलका नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो । प्रचण्डले छोराको तस्बिरमा फुल माला चढाएका छन् ।

उक्त समय प्रचण्ड एकदमै भावुक बनेका थिए । २०३८ साल असार १७ गते जन्मिएका प्रकाशको २०७४ मंसिर ३ गते हृदयघातबाट निधन भएको थियो । अध्यक्ष प्रचण्डको ‘सेकेन म्यान’ भएर उनले काम गर्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*