किशोरीमाथि घरधनीकाे शारीरिक शोषण, कसैलाइ कुरा लगाए मारिदिने धम्की

निरन्तर न्यूज
१७ असार २०७६, मंगलवार १६:२७

झापा । झापामा एक दलित किशोरीमाथि घरधनीले शारीरिक शोषण गर्दै आएको खुलासा भएको छ ।

झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीमाथि घरधनीले यौन दुर्व्यवहार गर्दै आएको पीडितको भनाइ छ ।

पीडित किशोरीले आफूलाई घरधनीले त्रासमा राखेर एक वर्षदेखि शारीरिक शोषण गर्दै आएको बताएकी हुन् । आफूलाई पटकपटक शारीरिक शोषण गरेपछि खड्काले कतै सुनाएमा मारिदिने धम्की दिँदै आएको समेत उनले बताएकी छन् ।

हाल ती किशोरीले घरधनीलाई कानूनी कारवाही गर्न भन्दै प्रहरीसमक्ष उजुरी दिएकी छन् ।

पीडित किशोरीको परिवार खड्का थरका घरधनीको घरमा बस्दै आएका थिए । अभियुक्त खड्काले असार २ गते साँझ पछिल्लो पटक किशोरीलाई बलात्कार गरेका थिए । खड्काले बलत्कारपछि मेचीनगर–१० स्थित आम्दा अस्पताल नजिकै ती किशोरीलाई सडकमा अलपत्र छाडेका थिए ।

स्थानीयवासीले पीडित किशोरीलाई रुँदै सडकमा बसिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई बुझाएका हुन् ।

खड्का हाल फरार छन् । उनको खोजतलास भइरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*