रेडियाे संचालक ढकालकाे थाहा नगरमा अटाे व्यवसाय शुरु

हेटौँडा । शक्ति एफ एमका सञ्चालक ध्रुबराज ढकालले सामुदायिक रेडियाे सन्चालन सँगसँगै अटाे व्यवसाय समेत शुरु गरेका छन् ।
रेडियाे पालुङमा समेत आवद्ध ढकालले मकवानपुर जिल्लाकाे थाहा नगरमा टिभिएस नामक मोटरसाइकल कम्पनीकाे शाेरुम काे शुरुवात गरेका छन् ।
जगदम्बा मोटर्स प्रालिको आधिकारिक बिक्रेताको रुपमा आफ्नाे नयाँ कम्पनी डीएनके अटो सप्लायर्स संचालनमा ल्याएका छन् ।
जगदम्बा मोटर्सले टिभीएसको ग्राहकलाइ लक्षित गरी टि भी एस मेघा एक्सचेन्ज मेलासमेत संचालनमा ल्याउने भएको छ ।
आजबाट शुरु भई असार १९ गतेसम्म मेला संचालन हुने डिएनके सप्लायर्सका संचालक ढकालले जानकारी दिए । मेलामा टिभीएसको खरिद गर्दा नगद ,फाइनान्स र एक्सचेन्जको माध्यमबाट समेत गर्न सकिने ढकालले बताए ।
सस्तो ब्याजमा फाइनान्स उपलब्ध हुने र पुरानो नचल्ने मोटरसाइकलको समेत २५ हजार रुपैया मुल्यांकन गरिने बताइएकाे छ ।
साथै स्क्रेचबाट ७ हजार देखि १ लाखसम्म क्यासमा खरिद गर्ने ग्राहकले पाउने बताइएकाे छ ।