नेपालमा बार्षिक कति कण्डम खपत हुन्छ ? अचम्मको तथ्यांक हेर्नुहाेस

काठमाडौँ । नेपालमा बार्षिक कति कण्डम खपत हुन्छ अनुमान लगाउनुस त ।
विज्ञहरुको तर्क छ, ‘प्रयोगकर्ताले कण्डमलाई परिवार नियोजनको साधनको रुपमा मात्रै बुझे, जबकी यसको महत्व एचआईभी नियन्त्रणका लागि अधिक छ ।’
करिब ४ करोड कण्डम खपत हुने गरेको छ । तर प्रयोगदर भने त्यसको पचास प्रतिशत पनि पुगेको छैन् । विज्ञहरुले कण्डमको प्रयोगमा देखिएको कमिकै कारण एचआइभी नियन्त्रणमा समस्या परेको जानकारहरुले बताएका छन् ।
देशमा रहेका झण्डै ४० हजार एचआईभी संक्रमीत मध्ये ८५ प्रतिशतलाई असुरक्षीत यौनसम्पर्कका कारण संक्रमण भएको भन्दै कण्डमको प्रयोगमा वृद्धि गर्नुपर्नेमा जानकारहरु जाेड दिन्छन् ।
कण्डम परिबार नियोजनको भरपर्दाे साधन भएपनि एचआईभी तथा यौनरोगको सक्रमण रोक्ने भरपर्दो माध्यम समेत भएको विज्ञहरु बताउँछन् । विज्ञका अनुसार परिबार नियोजन तथा अनिच्छित गर्भपतन रोक्ने अन्य बैकल्पिक विधि भएपनि एचआईभी तथा यौनरोग रोक्नका लागि कण्डमको विकल्प नभएको बताउँछन् ।
गतवर्ष गरेको एक अध्ययनमा नेपालमा कण्डम लगायतका परिबार नियोजनको अन्य साधनहरुको प्रयोग गर्नेको संख्या ४९.६ प्रतिशत रहेको छ ।