स‌खुवासभा मुठभेड, विराटनगरबाट हेलिकोप्टरमा प्रहरी र सशस्त्रको थप टोली पठाइयो

निरन्तर न्यूज
१६ असार २०७६, सोमबार १५:४२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच मुठभेड भएको संखुवासभामा विराटनगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली हेलिकोप्टरबाट गाएको छ ।

घटना भएको स्थानबाट १ नम्बर प्रहरी कार्यालय विरानगर र सशस्त्र प्रहरीको टोली गएको बताइएको छ ।

असार १२ गतेबाट गस्तीमा हिडेको टोलीमा सशस्त्र प्रहरी बलका १० जना र नेपाल प्रहरीका नौं जना थिए । उनीहरु खाना खाँँदै गर्दा विप्लव समूहले फायर खोलेपछि दोहोरो हानाहान भएको थियो । घटनामा क्षति भने दुवैतर्फ नभएको प्रहरीले बताएको छ ।

घटनालगत्तै स्थलमार्गबाट पनि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीहरु परिचालन भएको प्रहरीले जनाएको छ ।नागरिक खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*