“सबैलाई एकताकाे सुत्रमा बाध्न सक्ने नेतृत्वकाे खाँचाे”

सुपेन्द्र बस्नेत, हेृटाैँडा हाल अमेरिका
१६ असार २०७६, सोमबार १३:०६

“पढायाे पढायाे , साेह्र दुना आठ!
श्रिखण्डलाई नचिने,बन्छ है काठ !!”

सुख समृद्धिकाे आसै आसमा नेपाली जनताले राजनीतिक परिवर्तनका खातिर लामाे समय देखि बलिदानी गर्दै आइरहेका छन् जाे अझै पनि जारी नै छ । पटक पटककाे बलिदानी संघर्षले पटक पटक राजनितिक परिवर्तन पनि भयाे । तर “माल पाएर चाल नपाएकाले “अझैसम्म पनि जनअपेक्षित् निकास भने पाउन सकिएकाे छैन । पछिल्ला राजनीतिक घटनाक्रमहरुलाई मनन गर्दा देशलाई अघि बढाउन हैन पछि हटाउन माहाेल बनाइदै गरेकाे पाे देखिन्छ ।

“छाेरा/ छाेरी सप्रिए बुहारी/ज्वाईलाई !
छाेरा/छाेरी बिग्रिए आमा /बाबुलाई !!

भने झै भैरहे छ नेपाली राजनितिमा पनि ।

राजनीति सप्रिए नेता/नातेदारलाई !
राजनीति बिग्रिए निमुखा जनतालाई !!

राजनीति गर्नेहरु यति बेला आफुलाई राजनेता साबित् गर्ने निकै ठुलाे अवसर पाँउदा पाँउदै पनि चुकिरहेका छन् । देशमा राजनीति गतिलाे नभई दिदा निरासा र बेतिथि दुबाे झै माैलाउदै छ भने इमान्दारिता र नैतिकता रेबीज राेग लागे झै बाैलाउदै छ । जबसम्म राजनीति ठिक हुदैन ,तबसम्म सुशासन र समृद्धिकाे परिकल्पना केबल दिवा सपना मात्र साबित हुन्छ ।

नेपाली राजनीतिमा देशले बेला बखत महापुरुषहरु नपाएकाे त हैन तर राजनीतिक काेर्श पुरा नहुदै उनिहरुकाे जीवन यात्रा टुंगिएका कारण राजनीति पनि बिचैमा अलपत्र परेकाे जग जाहेर नै छ । यति बेला सबैलाई एकताकाे शुत्रमा बाँधेर अघी बढ्ने क्षमता भएकाे नेतृत्वकाे अभाव खड्की रहेकाे देखिन्छ। यस्ताे कठिन परिस्थितिले आज अचानक बिगतलाई स्मरण गराउदै नेपाली राजनीतिमा एक लाैह पुरुष मानिएका स्वर्गीय गिरिजाप्रसाद काेइरालाकाे याद दिलायाे।

देशमा प्राप्त आमुल राजनैतिक परिवर्नसंगै उठेकाे असन्तुष्टीका उल्झनहरुका कारण परिवर्तनलाई संथागत गर्न थप चुनाैति थपिदै गर्दा तत्कालिन प्रधानमन्त्री काेइरालाले बढाे बुद्धिमतापूर्वक आफु र आफ्नाे पार्टीकाे स्वार्थ भन्दा माथि उठेर समृद्ध नेपाल बनाउनका खातिर राष्ट्रकाे कार्यकारी प्रमुखकाे हैसियतले बढाे परिपक्वताका साथ जिम्मेवारी बाेध सहित असन्तुष्ट पक्षहरुलाई वार्ताका लागि आव्हान गर्नु भएकाे थियाे । औपचारिक लिखित आव्हान गर्ने क्रममा भूमिका बाध्दै उहाँले ब्यक्त गर्नु भएकाे भाबुक तथा महत्वपूर्ण अलिखित मन्तब्यकाे केही अंश जाे मनन् याेग्य, समय सान्दर्भिक, अनुकरण याेग्य, पथप्रदर्शक र उपयाेगी हुन सक्ने ठानी जस्ताकाे त्यस्तै लिपिबद्ध गरी यहाँहरु सामु प्रस्तुत् गर्ने प्रयास गरेकाे छु । त्यसका लागि अनुमति चाहन्छु ।

“याे मेराे सायद पहिलाे र अन्तिम तपाईहरुलाई मेराे सन्देश हुने छ हाेला । किन भने मेराे उमेर र मेराे  स्वास्थ्यले गर्दा या अरु अन्तिम पनि हुन सक्ला । आज एउटा युगान्तकारी परिवर्तन पछि मैले तपाई दिदी बहिनी दाजु भाईहरुलाई एउटा संदेश म दिदैछु । मेराे पनि आफ्नै सेन्टिमेन्ट छ,आफ्नै इमाेसन छ,आफ्नै भावना छ,आफ्नै ईच्छा छ, तपाईहरुकै जस्तै । म कुनै भिन्न मानिस हाेइन। जस्ताे तपाईहरुकाे आकांक्षा छ, ईच्छा छ, भावना छ, उत्गण्टा छ, त्यस्तै मेराे पनि छ। किन भने म पनि यही भूमिमा ,यही माटाेमा लडिबुडि खेलेर यही हावा पानीमा हुर्केकाे ब्यक्ति हुँ, तपाईहरु जस्तै । त्यसकारण तपाईहरुकाे सेन्टिमेन्ट र तपाईहरुकाे इमाेसन, तपाईहरुकाे आकाँक्षा, ईच्छासँग म पूर्णरुपबाट परिचित् छु । मेराे उमेरले गर्दा पनि धेरै तपाईहरुसँग उठबस गर्दा खेरी परिचित म भएकाे हुँ। र अर्काे कुरा याे युगान्तकारी परिवर्तन त भयाे , त्यसैले युगान्तकरी परिवर्तन पछि एउटा जनतामा ईच्छा,आकांक्षा ,उत्गण्टाहरु उर्लिएर आयाे । त्याे स्वभाविक कुरा हाे । त्याे हुन्छ नै। त्यसैले हामी के भन्छाै भने, राष्ट्रकाे प्रथम बेदना हाे भनेर हामीहरु भन्छाैं त्यल्लाई । किन भने त्यस बेला त्याे एउटा परिवर्तन पछि अर्काे परिवर्तन आउँदाकाे त्याे वेदना हुन्छ राष्ट्रलाई । त्याे स्वभाविक कुरा मैले ठानेकाे छु ।

तर मलाई एउटै कुरा अहिले तपाईहरुलाई भन्न मन लागिरहेछ कि यहाँकाे परिस्थितिलाई अध्ययन गर्दा, विश्लेषण गर्दा मलाई लाग्याे कतै प्रतिगामी शक्तिहरुले चलखेल गर्न त सुरु गरेका छैनन् ? भन्ने मलाई लागेकाे छ । त्यसकारणले म दिदीबहिनी, दाजुभाईहरुलाई सचेत गर्न चाहन्छु कि त्यस्ताे खेलबाट हामी मुक्त हुनु पर्छ र राष्ट्रलाई पनि मुक्त गराएर हामीहरु जान सक्नु पर्छ । अर्काे कुरा मलाई भन्नु के छ भने , याे राष्ट्र सबैकाे राष्ट्र हाे । एउटा ब्यक्तिकाे हाेइन। यसकाे सम्पत्ति सबैकाे हाे । एक ब्यक्तिकाे हाेइन। त्यसकारणले यसकाे समस्या पनि सबै जनताकाे समस्या हाे।त्यसकारणले कुनै समस्या छ,कुनै त्यस्ताे छ भने वार्ताबाट नै याे समस्याकाे समाधान हाेस् भन्ने म चाहन्छु । र समस्या जुन जस्ताे सुकै समस्या भएता पनि वार्ताबाट त्याे समस्याकाे समाधान हुन्छ भन्ने विश्वास मलाई छ ।

त्यसकारण आज म सबैलाई आव्हान गर्न चाहन्छु । आग्रह गर्न चाहन्छु कि कुनै त्यस्ताे समस्या छ भने आउनुहाेस् वार्ता गराैं । समस्याकाे समाधान गराैं । याे किन भने आपसी समझदारीकाे कुरा हाे । याे घर भित्रकाे बिबाद हाे । या त्यल्लाई घरै भित्र हाम्ले समाधान गर्नु पर्छ । माआेबादीकाे समस्याकाे समाधान गर्दा पनि यही कुरा थियाे । त्याे घर भित्रकाे हाे । आपसका हुन् झगडा ,बिबाद । त्यल्लाई पनि कि उनीहरुलाई बाेलाएर नेपालै भित्र बाेलाएर याे समस्याकाे समाधान गरेर नेपालकाे छवीलाई उज्वल बनाउनु पर्छ भन्ने मेराे आग्रह थियाे र त्यही आधारमा अहिले उनीहरु आका हुन्।त्यल्ले एउटा एउटा म्यासेज इन्टरनेशनल म्यासेज दियाे कि नेपालले नेपालकाे जनताले नेपालैकाे समस्या आफै समाधान गर्न सक्ने क्षमता राख्दछन् भनेर ।

आज म फेरी तपाईहरुलाई दाेहाेर्याउन चाहन्छु कुनै समस्या छ,कुनै छ भने आउनुस् मेराे ढाेका जहिले पनि खुल्ला छ । त्यसमा आएर हामीहरु वार्ता गरेर समस्याकाे समाधान गराैं । मैले गृह मन्त्री जीलाई पनि निर्देशन दि सक्या छु कि वार्ताकाे निम्ति एउटा कमिटी बनाउनुस् र वार्तालाई सुरु गर्नुहाेस् भनेर मैले निर्देशन दि सक्या छु । त्यसकारण याे समस्याकाे समाधानकाे निम्ति सबैलाई म आव्हान फेरी पनि गर्न चाहन्छु ।

पहिले पनि मैल एक पटक गरेकाे हुँ र आज चाही स्पेशल आव्हान मेराे छ उहाँहरुलाई, आएर वार्ता गर्नुस् र वार्ताकाे साथ साथै मेराे आग्रह याे पनि छ जुन आन्दाेलन ,बन्द या यी हडताल ईत्यादिहरु भएकाे छ ,त्यल्लाई उहाँहरुले समाप्त गनुहाेस् र एउटा नयाँ नेपालकाे भविश्यकाे निम्ति त्यल्लाई समाप्त गरेर सदभावताकाे वातावरण हामीले तयार गराैं भन्ने मेराे आग्रह छ ……..

यस पछि वार्ता आव्हानका लागि तयार गरिएकाे औपचारिक लिखित मनतब्य सुरु……….

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*