अमेरिकामा नेपाल फेस्टिभल–२०१९ (फाेटाे फिचर)

निरन्तर न्यूज
१६ असार २०७६, सोमबार १२:४३

अमेरिकाकाे ग्रेटर बोस्टन नेपाली समाज र समरभिल आर्टस् काउन्सिलको संयुक्त आयोजनामा नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, पहिरन आदि को संरक्षण तथा सम्बर्धनका साथै समग्र नेपालाई विश्व सामु चिर–परिचित गराउन सक्दो योगदान पुर्याउने मुख्य उद्देश्यले आज अमेरिकाको म्याचेच्युसेट राज्यको समरभिलमा तेश्रो नेपाल फेस्टिभल–२०१९ कार्यक्रमको गरिएको छ ।

कार्यक्रममा नेपालको राष्ट्रिय गान ‘सयौ थुंगा फुलका हामी, एउटै माला नेपाली’ गाउनुको साथै राष्ट्रिय गित ‘सय थरी बाजा एउटै ताल’ मा कलाकारहरुले नृत्य समेत प्रदर्शन गरेका थिए । नेपालीपन झल्कने ७ वटा स्टल समेत राखिएको कार्यक्रममा दर्शकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

फाेटाे : सुपेन्द्र बस्नेत

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*