पप गीतका बादशाह स्वर्गीय माइकल ज्याक्सनलाइ सम्झँदा

निरन्तर न्यूज
१५ असार २०७६, आईतवार १३:१६

एजेन्सी । पप गीतको दुनियाँका अद्वितीय बादशाह स्वर्गीय माइकल ज्याक्सन भौतिकरुपमा अहिले विश्वका संगीतप्रेमीहरुका सामू छैनन् । २५ जुन २००९ मा लस एजेल्स, क्यालिफोर्निया, अमेरिकामा हृदयाघातका कारण उनको मृत्यू भएको थियो । आज उनको पूण्य तिथी पनि हो । तर पनि माइकल ज्याक्सन एउटा यस्तो नाम हो, जसलाई संसारका बच्चा बच्चाले पनि जान्दछन् ।

पप संगीतलाई नयाँ उचाई दिँदादिँदै ज्याक्सनले कैयौं पटक आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज गरेका थिए । यति मात्र होइन, उनी १३ ग्रैमी अवार्ड्स (संयुक्त राज्य अमेरिकाको राष्ट्रिय विज्ञान एकेडेमीद्वारा संगीतको क्षेत्रमा असाधारण प्रस्तुतीका लागि दिइने अवार्ड, जसको पूरा नाम ग्रामोफोन अवार्ड हो) आफ्नो नाममा पार्ने आजसम्मको एक मात्र कलाकार हुन् । त्यसो त, माइकल ज्याक्सनको पूरा जिन्दगी कुनै रहस्यभन्दा कम थिएन । तर उनको जिन्दगीमा एउटा यस्तो घटना घट्यो, जसले उनको शुभचिन्तक मित्रहरुलाई समस्यामा फसाइदियो ।

कपालमा आगो लागिरहँदा पनि प्रस्तुतीको निरन्तरता :

कुरा २७ जनवरी १९८४ को हो । ज्याक्सन उक्त दिन लस एञ्जेल्सको विश्व प्रसिद्ध चिसो पेय पदार्थ पेप्सीको लागि एउटा विज्ञापनको सुटिड गरिरहेका थिए । यो विज्ञापनमा धेरै विशेष प्रभाव राख्नुपर्ने थियो । शरीरमा गडबडी भयो र उनको शिरमा आगो लाग्न पुग्यो । उक्त समय त्यहाँ झण्डै ३ हजार मानिस सुटिङ हेरिरहेका थिए । उनीहरुले ज्याक्सनको शरीरमा आगो लागेको स्पष्ट देखेका थिए । आगो बढिरहेको थियो र ज्याक्सन मस्तीका साथ बिली जीन गीतको प्रस्तुती दिइरहेका थिए ।

उनी कतिपनि विचलित देखिएका थिएनन् । प्रत्यक्षदर्शीका अनुसार उनी यस्तो व्यवहार गरिरहेका थिए कि, आगो उनको शिरमा लागेको होइन, यो मात्रै शोको एउटा हिस्सा हो । मानिसहरुले तत्काल आगो निभाए र स्ट्रेचरमा राखेर ब्राटम्यान मेडिकल सेन्टर पुर्याए ।

ज्याक्सन असल व्यवहार देखाउँदै यो घटनालाई अदालत पुग्न नदिई बाहिरै मिलाए र आफूलाई प्राप्त भएको क्षतिपूर्ति अस्पताललाई दान दिए । अस्पतालको जुन वार्डमा उनलाई भर्ना गरिएको थियो, त्यो वार्डको नाम माइकल ज्याक्सन बर्न सेन्टर राखियो । यो नाम अस्पताल आफैंले ज्याक्सनको सम्मानमा राखेको थियो ।

पप संगीतको संसारमा पहिलो कदम :

भनिन्छ, हुने बिरुवाको चिल्लो पात । यही भनाई माइकल ज्याक्सनको जीवनमा लागू हुन्छ । २९ अगस्त १९७५ को संयुक्त राष्ट्र अमेरिकाको इण्डियानामा ज्याक्सन दम्पत्तिको सातौं सन्तानको रुपमा माइकल ज्याक्सनको जन्म भएको थियो । उनले पप संगीतको यात्रा मात्र ७ वर्षको कलिलो उमेरबाट शुरु गरेका थिए । उनका भाइ जैक्सन फाइभ पप ग्रुपमा टेम्बोरिन र बोंगो बजाउँथे ।

बिस्तारै बिस्तारै ज्याक्सन मानिसहरुको आँखामा पर्दै गए र आकर्षणको केन्द्र बन्दै गए । ११ वर्षकै कलिलो उमेरमा उनको भाइको त्यही गु्रपसँगै मिलेर उनको पहिलो एल्बम ‘आइ वान्ट यु ब्याक’ रिलिज भयो । १९६९ मा आएको उक्त एल्बमले शानदार सफलता हासिल गर्यो । यसपछि एबिसी, द लव यु सेव र आई विल बी देयर जस्ता कैयौं हिट गीत पस्किएर सांगीतिक यात्राको मात्र ६ बर्षमा उनले उल्लेख्य सफलता पाइसकेका थिए ।

त्यतिबेलासम्म उनको एल्बम र पप गीत मोटाउन रेकर्ड (कालाहरुको स्वामित्वको भएको चर्चित संगीत केन्द्र)सँग अनुबन्धित भएर सफलताका साथ अगाडि बढिरहे । १९७५ मा ज्याक्सनका साथीहरुले उक्त कम्पनी छोड्ने निर्णय गरे र सिबीएका साथ सम्झौता गरे । मोटाउनले उनको सांगितीक समूहको विरुद्धमा अदालतमा उजुरी दियो र तीन करोड २० लाख क्षतिपूर्तिको माग गर्यो । यसले जक्सन परिवारलाई ठूलै झट्का लाग्यो ।

यसरी चम्कियो भाग्य :

माइकल ज्याक्सनले हिम्मत हारेनन् र लगातार प्रयास गरिरहे । उनका प्रयासले सार्थकता पायो र १९७८ मा उनको भेट संगीत उत्पादक क्विंसी जोन्ससँग भयो । ज्याक्सनले क्विंसीसँग आफ्नो नयाँ सालो एल्बम निकाल्ने इच्छा जाहेर गरे । उनी सफल भए र उनको नयाँ एल्बम अफ द वालले बजारमा आउनासाथ धुम मचायो । एल्बमको रिजीज भएपछि उनको एक करोड एल्बम हाताहात बिक्री भयो । यसमा एउटा गीत डन्ट स्टप टिल गेट इनफ… पनि थियो, जसमा सायद ज्याक्सनको भावनाको प्रतिनिधित्व गरिएको थियो ।

ज्याक्सनको लागि स्वर्णिम युग शुरु भइसकेको थियो । उनी सफलताको झण्डा गाड्दै अघि बढिरहेका थिए । १९८२ मा उनको नयाँ एल्बम थ्रिलर को ९ मध्ये ७ गाना जबरदस्त हिट भयो । समाचारहरु मान्ने हो भने ज्याक्सनको यो एल्बम अहिलेसम्मको इतिहासमै सबैभन्दा बढी बिक्ने पप एल्बम हो ।

माइकल ज्याक्सनको गीतमा जहाँ जादू हुने गर्दथ्यो, त्यहाँ उनले बजारीकरणको नयाँ आयाम पनि निकाले । उनले एल्बमको प्रचार प्रसारका लागि ५ लाख अमेरिकी डलर खर्च गरी १४ मिनेटको एउटा भिडियो सार्वजनिक गरे । फरक तरिकाबाट तयार पारिएको उक्त भिडियोले कमाल नै गर्यो र थ्रिलर नामक उनको एल्बमले सर्वोच्च उचाई चुम्यो ।

राष्ट्रपतिले गरे सम्मान :

१९८४ नै त्यो बर्ष थियो, जब माइकल ज्याक्सनले अमेरिकाको ह्वाइट हाउसनमा रक्सी र नशालु पदार्थ सेवन गरिरहेका मानिसहरुलाई सही बाटोमा ल्याउने काम गरे । वास्तवमा, तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले ज्याक्ससँग उक्त कामको लागि मद्दत मागेका थिए । उनले प्राप्त गरेको सफलताबाट प्रसन्न भएर रेगनले उनलाई सम्मानित गरे ।

यही प्रक्रियामा एक पत्रिकामा प्रकाशित खबरले सबैको ध्यान ज्याक्सनतिर खिच्यो, जहाँ उल्लेख गरिएको थियो कि अक्सिजनको टेन्टमा सुत्छन् र एलिफेन्टको नामबाट विश्वविख्यात जन मेरिकको चिनो किन्न चाहन्छन् । यस खबर प्रकाशमा आएपछि उनलाई वाको ज्याको पनि भन्न थालियो । यही समयमा उनले निजी प्रयोजनका लागि एउटा रिसोर्ट नै किने ।

यसरी भित्रियो ज्याक्सनको जीवनमा तनाव :

वर्ष १९८७ ले ज्याक्सनको जिन्दगीमा लोकप्रियताको एउटा नयाँ इतिहास रच्यो । उक्त समय उनका एक ब्याण्ड एल्बम आयो, जसलाई देखेर मानिसहरुको बीचमा एउटा हल्ला चल्न थाल्यो कि ज्याक्सनले प्लास्टिक सर्जरी गराएछन् । हल्लाको यति रोमाञ्चक ढंगले अघि बढ्यो कि शुभचिन्तकहरु उनलाई देख्न अधैर्य हुन थाले र उनको एल्बम ३ करोड प्रति बिक्यो ।

आफ्नो यो एल्बम पछि उनले आफ्नो सोलो कन्सर्ट गर्ने फैसला लिए । उक्त दौरान उनले लण्डनमा सात शो गरे र यही क्रममा उनको आत्मकथा पनि सबैको सामू सार्वजनिक भयो । जहाँ ज्याक्सनले आफ्नो जिन्दगीको सच्चाईसँगै आफ्नो प्रशंसकको यस्तो सन्देश दिए कि अथाह सम्पत्ति र सुखसयलका बीचमा पनि उनीसँग तनाव शिवाय केही छैन ।

ज्याक्सनलाई लाग्यो यौन शोषणको आरोप :

ज्याक्सन जति जति सम्पत्ति र सुखसयलको उत्कर्षमा पुग्दै गए, त्यतित्यति उनको जिन्दगीसँग कुनै यस्तो घटना घटिरहेको थियो, जसको उनले कहिल्यै कल्पना समेत गरेका थिएनन् होला । उनको आत्मकथा आएको केही समयपछि उनीमाथि यौन शोषणको आरोप लाग्यो । उनको विरुद्धमा एक ११ बर्षीया बच्चाको यौन शोषण गरेको उजुरी अदालतमा दर्ता गरियो ।

यद्यपि, ज्याक्सनले आफूमाथि लगाइएको आरोपको खण्डन गरे । तरपनि उनले यो समस्याबाट बच्न बच्चीको अभिभावकलाई २ करोड अमेरिकी डलर दिएर सम्झौता गर्नुपर्यो । यस्तै अर्को आरोप उनले २००३ मा पनि व्यहोरे, जहाँ उनलाई पक्राउ गरिएको थियो र पाँच महिलनासम्म अदालती कार्वाही पनि गरिएको थियो । पाँच महिना पछि उनीमाथि लगाइएको आरोप झूटो सावित भयो । यो त्यही समय थियो, जतिबेला ज्याक्सनले बैंकको ऋण तिर्न नसकेको खबर सार्वजनिक भइरहेको थियो । खबरहरुलाई विश्वास गर्ने हो भने उनी त्यतिबेला दुबई गएका थिए ।

दुवै विवाह सफल भएनन् ज्याक्सनको :

सम्पत्ति र सुखसयलको सवालमा ज्याक्सन धेरै सफल भए तर उनको जीवनमा आनन्दको सधैं अभाव रह्यो । उनले १९९४ मा आफ्नो जमानाको चर्चित पप गायिका एलविस प्रिंसकी छोरी मैरी प्रिंससँग विवाह गरे । तर १९ महिनापछि उनीहरुबीच सम्बन्ध विच्छेद भयो । यसपछि एक्लोपनासँग जुध्दै उनले १९९७ मा एकपटक फेरि घर बसाउने निर्णय गरे । उनले नर्स डेबी रोवसँग विवाह गरे । २ बर्षपछि उनको यो वैवाहिक सम्बन्ध पनि सम्बन्ध विच्छेदमा टुंगियो । डोबी र जैक्सनको दुई बच्चा प्रिस र पेरिस माइकल केथरिन ज्याक्सनसँगै रहे ।

जीवनको उत्तरार्ध :

बैंकको ऋण तिर्न नसकेको खबर आएपछि ज्याक्सनको अनुहार बिर्सिइन लागिएको थियो । तर २००९ मा एकपटक फेरि उनी अखबारका भँगेरा टाउके अक्षर बन्न पुगे । सञ्चार माध्यममा खबर आयो कि उनी पुनरागमन कन्सर्ट गर्दैछन् र यो क्रममा उनले ५० शो गर्नेछन् । लण्डनमा हुने यो प्रस्तुती उनको अन्तिम हुनेछ ।

ज्याक्सनलाई अधैर्यताका साथ प्रतिक्षा गरियो तर २५ जुन २००९ मा आएको एक समाचारले सबैको प्रतिक्षामाथि सधैंको लागि पानी खन्याइदियो । समाचार अनुसार हृदयाघातको कारण सर्वप्रिय पप गीतका बादशाहको मृत्यू भयो । यो खबर आएको लगभग डेढ बर्षपछि एउटा अमेरिकी अदालतले उनको डाक्टर मुरेमाथि गलत नियतले हत्या गरिएको अभियोग लगाउने आदेश दियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*