ई-सेवाले नेपालको गलत नक्सा प्रयोग गर्‍यो : नापी विभाग

निरन्तर न्यूज
१५ असार २०७६, आईतवार १३:०२

काठमाडौं। ई-सेवाले आफ्नो आधिकारिक वेबसाइटमा नेपालको गलत नक्सा प्रयोग गरिरहेको भन्दै नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमले ध्यानाकर्षण गराएका छन् ।

‘ई-सेवाको फ्रन्ट प्लेसमा भएको नेपालको नक्सा पनि हाम्रो नापी विभागले प्रकाशन गरेको नक्सासँग मिल्दैन,’ गौतम भन्छन्, ‘कारबाही नगरेर पनि होला, जथाभावीरुपमा अनाधिकृत नक्सा प्रयोग गर्ने ठूला-ठूला निकायहरु नै देखिए ।’

देशकै गलत नक्सा प्रयोग गर्नेलाई गौतमले प्रचलित ऐन नियमअनुसार कारबाही गर्ने बताइका छन् । ‘अब हामीहरुले पनि ऐन नियमानुसार कारबाही अगाडि बढाउनु पर्ने देखियो,’ उनी भन्छन् ।

सगरमाथा आरोही समेत रहेका गौतमले नेपालको आधिकारिक नक्सा हेर्न र निशुल्क डाउनलोड गर्न आवश्यकताअनुसार प्रयोग गर्न नापी विभागको वेबसाइटमा जान पनि अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*