हेटौंडा जेसिजको आयोजनामा खुल्ला फुटसल प्रतियोगिता

हेटौंडा । हेटौंडामा असार २० र २१ गते दुई दिन हेटौंडा जेसिजको आयोजनामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ ।
हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै आयोजकले प्रतियोगिता बारेमा जानकारी गराएको हो ।
हाल सम्म ११ टिमले नाम दर्ता गरिसकेको प्रतियोगिता हेटौंडा ४ कमलडाँडामा रहेको फुटसल ग्राउण्डमा हुने बताइएको छ । उक्त प्रतियोगितामा मकवानपुर सहित काठमाडौं, चितवन लगायतका जिल्लाबाट करिब २० वटा टिमको सहभागिता हुने प्रतियोगिता संयोजक विकेश लाल श्रेष्ठले बताए।
प्रतियोगितामा प्रथम हुनेलाई ट्रफी, मेडल सहित नगद ५० हजार तथा दोस्रो हुनेले ट्रफी, मेडल सहित नगद २५ हजार तथा उत्कृष्ट हुने खेलाडीले नगद ५ हजार प्राप्त गर्ने संयोजक श्रेष्ठले बताए।
प्रतियोगितामा सहभागी हुने टिमले असार १७ गते भित्र दर्ता शुल्क ५ हजार बुझाउनु पर्ने संयोजक श्रेष्ठले बताए ।