पास्नी भोज खाने २५ जना बिरामी परे

निरन्तर न्यूज
१४ असार २०७६, शनिबार १३:५४

धादिङ। धादिङको गजुरी गाउँ पालिका ५ चिसापानीमा पास्नी भोज खाने २५ जना बिरामी परेका छन् । स्थानीय राजाराम मिजारको छोरीको पास्नी भोज खाँदा ‘फुड पोइजन’ भई २५ जना भन्दा बढी स्थानीय बिरामी परेका हुन् ।

शुक्रबार बेलुकादेखि बिरामी पर्न थालेका बिरामीहरुको स्थानीय अस्पताल गजुरीमा उपचार भइरहेको छ । बिरामी पर्नेहरुमा गजुरी गा.पा.५ बस्ने वर्ष २० को राजाराम मिजार, वर्ष ९ को सुजित बिसुन्के, वर्ष ३० की सिता बिसुन्के, वर्ष १५ की सुस्मिता हराल, वर्ष २८ को कृष्ण बहादुर मग्राती, वर्ष २० की सीतामाया मिजार, वर्ष ४५ की चनमती मिजार रहेका छन् ।

त्यस्तै सोही स्थानको वर्ष ४५ की हरिमाया बिक, वर्ष २७ की जुनामाया मग्राती, वर्ष ४६ की सुकुमाया मिजार, वर्ष ४६ जुरेली मिजार, वर्ष ३४ को सन्त मान श्रेष्ठ, वर्ष १५ की हिरा श्रेष्ठ, वर्ष ९ की प्रतिमा मिजार, वर्ष ६ को प्रदिप मिजार, वर्ष २४ की शर्मिला श्रेष्ठ, वर्ष २८ की प्रमिला मिजार, वर्ष २५ की पार्वती बयलकोटी वर्ष २८ को लक्षम्ण बयलकोटी, वर्ष २७ की गिता मगर, वर्ष २० की कोपिला मिजार, वर्ष ३५ की काईली मिजार, वर्ष २३ को राजकुमार विक, वर्ष ३५ को रेशमलाल श्रेष्ठ, वर्ष १४ की अस्मिता बिसुन्के रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु