समावेशी राष्ट्र निर्माण नै आयाेगकाे लक्ष्य : विष्णु ओझा
हेटौंडा । राष्ट्रिय समावेशी आयोगका सदस्य बिष्णु ओझाले समावेशी राष्ट्र निर्माण नै लक्ष भएकाे बताउनुभयाे ।
राष्ट्रिय समावेशी आयोगको आयोजनामा हेटौंडामा औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिकहरुको बर्तमान अवस्थाका बिषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै आयाेगकी सदस्य ओझाले राज्यका हरेक निकायलाई समावेशी गराउनका लागि सरकारलाई सुझाव दिने बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, गिता कार्की, गंगा भटराई, अर्जुन प्रसाद ढुंगेल, कुमार पाैडेल लगायतकाले आफुनाे धारणा राख्नुभएकाे थियो ।
अन्तरक्रियामा जिल्लाका बिभीन्न उद्योग, कलकारखाना, अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुसहित शर्मिला श्रेष्ठ, बिरेन्द्र लामा, अस्मिता श्रेष्ठ, रामशरण घिमिरे, ज्ञानेन्द्र लामिछाने, रिना गाैतम लगायतका विभिन्न क्षेत्रका मजदुर नेताहरुकाे सहभागिता रहेकाे थियाे ।