च्याउ खाँदा अचेत तीनजनालाई हेलिकप्टरमा भरतपुर लगियो

निरन्तर न्यूज
१३ असार २०७६, शुक्रबार १७:०६

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका वडा नम्बर ७ धिराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यू भएको छ भने अन्य तीनजना अचेत अवस्थामा रहेका छन् ।

मृत्यू हुनेमा १३ वर्षिया बुञ्जीमाया चेपाङ रहेकी छिन् । अचेत अवस्थामा रहेका वर्ष ४५ का पिता दिपबहादुर सहित १९ वर्षका बच्चालाल र ७ वर्षका बाल्टा रहेका छन् ।
अचेत अवस्थामा रहेकाहरुलाई हेलिकप्टरमा भरतपुर अस्पताल लगिएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष मल्लको अनुरोधमा दिगो विकासका लागि एकता नामक संस्थाले हेलिकप्टरको व्यवस्था गरेको हो ।
घाइतेको अवस्था बुझ्न वडा नम्बर ७ का वडा अध्यक्ष कुल बहादुर प्रजा अस्पताल पुगिसकेका छन् ।

तश्विर गुगल

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु