वातावरणीय सचेतना सम्बन्धी सांस्कृतिक कार्यक्रम सम्पन्न

हेटौडा । हेटौडामा बिहिबार ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ वातावरणीय सचेतना सम्बन्धी सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
वन तथा वातावरण मन्त्रालय,वातावरण विभागको आयोजनामा हेटौडामा अभियन्ता तथा कलाकारको टोलीले आम दर्शकहरुलाई वातावरण स्वच्छ राख्नुपर्छ, प्रदुषण गर्नुहुदैन भन्ने सन्देशमुलक सांस्कृतिक कार्यक्रम गरिएकाे छ ।
चर्चित गायक धिरज राईले लुकी लुकी र रोज मोक्तानले कलकत्ते काइयो केश मेरो बाग्ङियो भन्दा हेटौंडेलीबासीले कम्बर मर्काएका थिए
कार्यक्रममा गायक डिजराज पौडेल र रमेश श्रेष्ठले पनि आफनो प्रस्तुती दिएका थिए । हाँस्यव्यङग मार्फत वातावरण र सरसफाई बारे चोटिलो प्रस्तुती सुरेश थापा दर्शने र अनिता दंगाल मनमायाले गरेका थिए । हेटौंडामा रहेको कलिउड कला केन्द्रका कलाकारहरुले वातावरण सम्बन्धी गीतमा आफ्नो प्रस्तुती नृत्य मार्फत देखाएका थिए ।कार्यक्रममा वातावरण विज्ञ उप प्रध्यापक योगेन्द्र यादवले वातावरण बारे जानकारी दिएका थिए ।
प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण कुमार नेपालको प्रमुख अतिथ्यता तथा सांस्कृतिक संस्थान काठमाडौंको सहकार्य र विकल्प मिडिया प्रालिको संयोजनमा कार्यक्रम भएको थियाे । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरमा पनि कार्यक्रम हुने संयोजक नारद खतिवडाले जानकारी दिए ।