बादललाई प्रचण्डले हटाउन चाहेको हल्ला निराधार र भ्रमपूर्ण
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादललाई प्रचण्डले हटाउन चाहेको खबरको प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।
प्रचण्डको सचिवालयमा रहेकी उनको छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत् उक्त खबरको खण्डन गरेकी हुन् । उनले लेखेकी छिन्, ‘राष्ट्रको चौथो अंग जिम्मेवार नबनेसम्म जनताले पाउने सूचनाको हकमाथि अन्याय हुनजान्छ । हाम्रो पार्टीका सचिवालय सदस्य तथा नेपाल सरकारका गृहमन्त्रीलाई मन्त्री पदबाट हटाउने हल्ला निराधार र भ्रमपूर्ण रहेकाले यसको पछि नलाग्न अनुरोध छ ।’
गृहमन्त्री बादललाई हटाउन प्रचण्ड तीन पटकसम्म बालुवाटार पुगेको खबर यसै साता केही सञ्चारमाध्यमले प्रकाशन गरेका थिए ।