पत्रकार महासंघको स्थापना दिवसमा पोखराका पत्रकार सम्मानित

निरन्तर न्यूज
१२ असार २०७६, बिहीबार १८:३४

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको स्थापना दिवसको अवसरमा पोखराका तीन जना पत्रकार एकै मञ्चमा सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ कास्कीद्धारा संचालित तीन फरक पुरस्कारबाट पत्रकार श्यामनाथ कुँवर, त्रिभुवन पौडेल र गिता रानामगर सम्मानित भएका हुन् ।

पोखरा पत्रकारिता पुरस्कारबाट कुँवर, गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पौडेल र जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कारबाट रानामगर सम्मानित भएका हुन्। गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सल्लाहकार बद्रि विनोद प्रतिक, प्रतिभा छनौट समितिका संयोजक कुशुम केशव पराजुली लगायतले पुरस्कृत व्यक्तिहरुलाई सम्मान पत्रको साथमा दोसल्ला र फुलमालाले सम्मान गरेका हुन् ।

विज्ञापन
करिब साढे दुई दशक देखि पत्रकारिता गर्दै आएका कुँवर समाधान दैनिकमा आबद्ध छन्। प्रत्येक वर्ष प्रदान गरिने पोखरा पत्रकारिता सम्मानको राशि ३५ हजार रुपैयाँ रहेको छ । यसअघि पत्रकार नारायण कार्की, कुसुमकेशव पराजुली, बद्री विनोद प्रतीक, माधव शर्मा, पुण्य पौडेल, कृष्ण बाँस्तोला, दुर्गा बराल ‘वात्स्यायन’ र पोखरा महानगरपालिका सम्मानित भइसकेका छन् ।

त्यसै गरी पौडेल पत्रकार महासंघ गण्डकीका अध्यक्ष एवं पोखरा हटलाइन दैनिकका सम्पादक समेत हुन् । रानामगर एबिसि टेलिभिजनका पोखरा संबाददाता हुन। पत्रकार कुसुमकेशव पराजुली संयोजकमा पोखरा पत्रकारिता पुरस्कार छनौट समिति गठन गरिएको थियो भने बद्री विनोद प्रतीक संयोजकमा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समिति गठन भएको थियो । महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठिन जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार प्रतिभा छनोट समितिले नाम सिफारिस गरेको थियो । महासंघ कास्कीको बैठकले उक्त सिफारिसलाई अनुमोदन गरेको थियो ।

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुररस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ भने जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कुँवरले कुनै पनि व्यवसाय गर्दा आफ्नो निती नियम पालना गरी आचारसंहिता भित्र रहेर गर्न आग्रह गरे । उनले भने “ समाजमा सघर्ष गर्ने व्यक्ति ढिलो चाडो सम्मानित हुन्छ, यदि सम्मानित नभए निधन भएपश्चात पनि उनको समाजले चर्चा परिचर्चा गर्ने गर्छ, आफ्नो व्यवसाय भित्र रहेर इज्जत आर्जन गर्न निकै कठिन हुन्छ । ” सप्रमाण , सत्य र तथ्यका आधारमा गरिने पत्रकार सामु कसैको केही नलाग्ने बताउर्दै प्रदेश प्रमुख कुँवरले राज्यको कानुन कान्वयन गराउन पत्रकारले अहम भुमिका खेल्नु पर्नेमा सुझाव दिए ।

नागरिक समाजको संजाल कास्कीका अध्यक्ष बिष्णु बराल, स्व.गजेन्द्र भण्डारीकी धर्मपत्नी सरस्वती भण्डारी, महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली लगायतले शुभकामना दिदै देशमा अझै पनि पत्रकारिता जोखिममा रहेको बताए । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबिच, पत्रकार महासंघ कास्की शाखाले गरेको क्रियाकलापको विरोधमा प्रेस युनियनका अधिकाशं पत्रकार नेताहरु कार्यक्रममा सहभागि भएनन्। महासंघ कास्कीका सल्लाहकार एवं प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले महासंघ कास्की शाखामा आफुहरुले भनेको कुरा सुनुवाइ नभएको र एकलौटी भएकोले गर्दा पत्रकार महासंघको स्थापना दिवसको अवसरमा आयोजित तीन पुरस्कार वितरण कार्यक्रममा सहभागि नभएकोे जनाए । पोखरा न्यूजकाे लागि दीननाथ बरालले लेखेकाे समाचार  फाेटाे सहित ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*