बर्डफ्लु पिडित किसानलाई ४ करोड हस्तान्तरण

निरन्तर न्यूज
१२ असार २०७६, बिहीबार १२:२०

हेटौंडा । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिकामा सरकारी टोलिद्वारा नष्ट गरिएका बर्डफ्लु रोगबाट संक्रमित कुखुराहरुको क्षतिपुर्ति वापतको रकम पीडित कुखुरा व्यवसायी ५४ जनालाई वितरण गरिएको छ ।

प्राकृतिक जलाशय प्रवद्र्धन एबम संरक्षण केन्द्रको संयोजनमा हेटौंडाको वडा नम्बर ७, ८, १७ र १६ का कुखुरा व्यवसायीहरुलाई ४ करोड ४२ लाख ११ हजार रुपैँया रकम क्षतिपूर्ति रकम वापत हस्तान्तरण गरिएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले क्षतिपूर्ति रकमको चेक पीडित किसानहरुलाई हस्तान्तरण गरेका थिए ।

प्रदेश नम्बर ३ को प्राकृतिक जलाशय प्रवद्र्धन एबम संरक्षण केन्द्रका प्रमुख सानोकाजी पछाइको अध्यक्षताम भएको कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष माधब न्यौपाने, उपभोक्ता हित संरक्षण मन्च मकवानपुरका अध्यक्ष बासु प्रसाद खतिवडा, मकवानपुर कुखुरा ब्यावसायी संघका अध्यक्ष राजु अधिकारी लगायतकको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।

केही समयअघि हेटौँडाको विभिन्न वडामा बर्ड फ्लु नामक रोग कुखुरामा देखिएको भन्दै प्रशासनले उचित क्षतिपुर्ती दिनेगरी उक्त कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो । विभिन्न समयमा प्रशासनले ६६ हजार ५सय ४६ वटा कुखुरा समेत नष्ट गरेको मकवानपुरमा करिब ३ हजार कुखुरा व्यवसायी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु