हेटौंडा उपमहानगरपालिकाद्वारा एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक बर्षका लागि उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठक एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गर्नुभएको बजेटमा आन्तरिक श्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको बिभीन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट ल्याइएको छ । त्यसैगरी संघिय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने छ ।
कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार रुपैयाँ छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार रुपैयाँ छुट्याइएको छ ।
उपमहानगरपालिकाले पूर्बाधार बिकाशका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएर काम गर्न लागिएको उपप्रमुख लामाले बताउनुभयो । त्यसैगरी हेटौंडालाई सफा, हरियाली, फूलैफूलको सहर निर्माणको कामलाई प्राथमिकता दिइएको छ ।
हेटौंडा उपमहनागरपालिकाका मेयर हरिबहादुर महतले कामको स्प्रिड अनुसार कानुन भएमा काम गर्न सहज हुने बताए ।
हेटौंडा बजारमा हरियाली भएकाे छ, अब भने फूलै फूलको शहरका रुपमा बिकास गर्ने र पाँच बर्षको कार्यकालमा हेटौंडालाई नमुना शहरका रुपमा बिकास गरिने मेयर महतले बताए ।